CALL OUR HOTLINE AT: 732-435-1414

मानभी (नेपाली)

मानभी

दक्षिण एसियाली महिलारूको एउटा संस्था

पोष्ट बक्स नम्बर ३१०३

न्यु ब्रन्सवीक, न्यू जर्सी ०८९०३

फोन नम्बर : (७३२) ४३५-१४१४

फाक्स नम्बर : (७३२) ४३५-१४११

ईमेल :manavi@manavi.org

वेबसाईट: www.manavi.org  हेर्नुहोस्

 

मानभीको बारेमा

मानभी (संस्कृत अर्थमा “मौलिक नारी”) एउटा समुदायमा आधारित, नाफा रहित संस्था हो जसले दक्षिण एसियाली (बंगलादेश, भारत, नेपाल, पाकिस्तान, र श्रीलंका) महीलाहरुको शशक्तिकरणमा  परिलक्षित संस्था हो। ईस्वी सम्वत् १९८५ मा न्यू जर्सीमा स्थापित मानभीको लक्ष समाजमा महिलाहरूको अधिकारबारे जागृत गराउने, बालिका तथा महिलाहरू विरुद्ध हुने गरेका सबै किसिमका हिंसाको अन्त्य गर्न  दक्षिण एसियाली समुदायमा परिवर्तन ल्याउने हो। मानभी ले महिलाहरूको आत्मनिर्भता र स्वायतता बचाउने संघर्षको हरेक क्षेत्रमा टेवा पुर्याउछ।

मानभीएउटI धर्मनिरप्रेक्ष्यतथा असाम्प्रदायिक संस्था हो जसले कुनै पक्ष्यपातको भावना नराखी सेवा पुर्याउछ। मानभी सबै महिलाहरूको शान्ति र मर्यादापूर्वक बाँच्न पाउने अधिकारको लागि काम गरिरहन प्रतिबघ्द् छ।

Manavi ideologies statement- मानभी विश्वास राख्दछ कि,समाजमा महिलाहरूलाईकम्जोर वर्गको रुपमा लिने विचारधारा, मनोवृत्ति, तथा व्यवहारहरूले महिलाहरूको परतंत्रतालाई जिवित राखी महिलाहरूमाथिको हिंसालाई बढावा दिन्छ।
 

सेवाहरू

मानभीले, लैंगिक पहिचान, महिला र पुरूष बिचको भावनात्मकता, राष्ट्रीय मौलिकता, जातियता, क्षमता, धर्म, वर्ण र उमेरको पर्बाह नगरी खुला रूपमा सबै दक्षिण एसियाली महिलाहरूका निम्ति आबश्यक सेवाहरू गोपनियताका साथ्  प्रदान गर्दछ। मानभीको सेवा हरेक व्यक्तिको व्यत्किगत आवश्यकता पुरा हुने गरी सहयोग प्रदान गरिने गर्दछ ।

 

जिवनमा हिंसाको अनुभव गरेका महिलाहरूका निम्ति मानभीले निम्न लिखित सेवाहरू प्रदान गर्दछ:

  • सङ्कटकालिन हस्तक्षेप (Crisis Intervention)
  • वकालत (Advocacy)
  • सांस्कृतिक र भाषिक विशेष परामर्श (Cultural and Language Specific Counseling)
  • महिलाहरूको सहयोग समूह (Women’s Support Group)
  • कानूनी परामर्श र समन्वय (Legal Clinic and Referral)
  • अध्यागमन सम्वन्धि सहयोग (Immigration Related Assistance)
  • भाषा अनुवाद (Interpretation)
  • यातायात (Transportation)
  • चिकित्सकिय (मेडिकल) तथा अदालति सहायता (Medical and Court Accompaniment)
  • सुरक्षित आश्रम (Safe Home)
  • बाहिरी घुमफिर (Outreach)
  • शिक्षा र तालिम (Training and Education)

 

आशियाना

मानभीले ईस्वी सम्वत् १९९७ मा हिंसाको कारणले आफ्नो घर छोड्न बाध्य भएका दक्षिण एसियाली महिलाहरुका निम्ति एउटा सुरक्षित आश्रमको रुपमा आशियाना (उर्दुमा अर्थ “गुँड”) स्थापना गरेको हो। आशियानाको संरचना विशेष गरेर महिलाहरुको अस्थाई बसोबासको आवश्यकता पूरा गर्न भएको हो।यसले महिला र तिनिहरुका वालबालिकाहरुलाई आफ्नो संस्कार अनुसारको सुरक्षितर निःशुल्क भाडामा बसोबासको ब्यवस्था गर्दछ। यसले महिलाहरुलाई आत्मनिर्भर गराउन भावनात्मक, भाषिक, कानूनि, आर्थिक, सुचनामुलक मद्द्त गर्दछ। एउटी महिला बढिमा अठार (१८) महिनासम्म आशियानामा बस्न सक्छिन । महिलाहरुलाई आफ्नो अवस्था सुधार्न र भविष्यमा हिंसाबाट मुक्त हुनका निम्ति आशियानले ठाउर समयको व्यवस्था गर्दछ।

 

मानभीमा स्वयम् सेवाको अवसर …

मानभी महिलाहरु विरूद्ध हिंसाको अन्त्य गर्ने काम गर्न समुदायका सदस्यहरुका लगनशिलता र प्रतिबद्धतामा भर पर्दछ। मनावीका स्वयम् सेवकहरु निम्न लिखित कुनै एक समूहमा आबद्ध् भई संस्थाको कृयाकलापहरुमा सहभागी हुन सक्दछन्:

  • वकालत र परामर्श
  • कानूनी सहायता
  • बसोबास सहायता (आशियाना)
  • बाहिरि घुमफिर
  • शिक्षा र तालिम
  • समाचार पत्र
  • आय संकलन
  • आर्थिक शशक्तिकरण

 

मानभीलाई दिईने चन्दामा कर छुट

www.nycharities.org/c_donate.asp?CharityCode=1322  हेर्नुहोस

 

सदस्यता

मानभीको सदस्यता कुनै पनि लिंग, उमेर, जात, धर्म, वर्ण, वर्ग, क्षमता, राष्ट्रियता, लैंगिकता, यौनिक उन्मुखताको भेदभाव बिना सबैको निम्ति खुला छ। मानभीको कुनै पनि सदस्य जो कम्तिमा एक समूहमा सक्रिय भएका छन् भने उनि संस्थाको निर्णय प्रक्रिया र बोर्ड निर्देशकको लागि उम्मेदवार हुन सक्नेछन्। सदस्यहरूले संस्थाको विशेष अवसर,विद्युतीय (एलेकट्रोनिक) समाचारपत्र र संस्थागत कृयाकलापहरू बारे जानकारी पाउनेछन ।

  • वार्षिक सदस्यता शुल्क प्रति व्यत्कि $३५
  • आजिवन सदस्यता शुल्क प्रति व्यत्कि $५००
  • वार्षिक सदस्यता शुल्क पूर्ण समय विधार्थी $२०

कृपया तपाईको चेक ‘मानभी’ को नाममा लेख्नु होला र ‘सदस्यता’ मा चिन्ह लगाउनु होला।

नाम :

ढेगाना :

फोन नम्बर :

फाक्स नम्बर :

ईमेल :

 

प्रकाशनहरु

  • समाचारपत्र

(सदस्यहरुका लागि मानभीको वेबसाईट मा उपलब्ध छ)

  • महिलाहरुको पक्षमा बाहिर बोल्नुहोस्

(सामुदायिक चेतनामूलक रंगिन पोष्टर)

  • घरेलु हिंसा के हो?

(अंग्रेजी, हिन्दी, तामिल, उर्दू, बंगला, र गुजराती)

  • दक्षिण एसियाली महिलाहरुको दुर्व्यवहारसम्बन्धि कानूनी पुस्तिका

(अंग्रेजी, बंगला, र हिन्दी)

  • तपाईको आधिकार थाहा पाउनुहोस्: कानूनी पुस्तिका

(अंग्रेजी, गुजराती, उर्दु, र हिन्दी)

  • उपकरणहरु: “यौन स्वास्थ्य र अधिकारहरू” र “धर्म गुरूहरूको संलग्नता”
  • तपाई र तपाईको स्वास्थ्य: यौन संम्बन्धबाट के रोगहरु सर्न सक्छ भन्ने बारेमा दक्षिण एसियाली महिलाहरुले थाहा पाउनु जरूरी छ

(अंग्रेजी र बंगला)

  • दक्षिण एसियाली युवाहरुको लागि घरेलु हिंसा पर्चा
  • अवसरमुखी कागजपत्रहरु

(मानभीको वेबसाईट मा सम्पूर्ण उपलब्ध छ)

  • देख्न सक्ने बुदाहरु: हस्तक्षेपको निम्ति एउटा पुस्तिका(मूल्य $२५)
  • महिलाहरुको बिरुध्द् हिंसालाई चुनौती दिन समुदायहरुको सांगठनिकता(प्राक्सीस ईन्टर्नेशनल र मानभी, मुल्य $२५)

 

संमाप्तम्